समाचार
बागमती प्रदेश युवा परिषद्ले तीन दिने सम्मेलन गर्ने
मकवानपुर । बागमती प्रदेश युवा परिषद्ले तीन दिने युवा सम्मेलनको आयोजना गर्ने भएको छ । समाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले यही वैशाख २८, २९ र ३० गते युवा सम्मेलनको आयोजना गर्न लागेको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले जानकारी दिए । युवालाई सामाजिक र सार्वजनिक जीवनमा...
मानविकीका उत्कृष्ट विद्यार्थीले थेसिस लेख्न २५ हजार पाउने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकाय अन्र्तगतका केन्द्रीय विभागमा अध्ययनरत उत्कृष्ट विद्यार्थीले थेसिस लेख्न २५ हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् । त्रिविको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) र नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) बीच थेसिस गर्न सिनासवृत्ति स्थापना गर्ने सहमतिसँगै उत्कृष्ट विद्यार्थीले उक्त रकम प्राप्त...
हेटौंडामा युवक मृत अवस्थामा फेला
मकवानपुर । मकवानपुरको हेटौंडामा एक जना युवक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका–१०, न्युरेनी जंगलमा २७ वर्षीय सुनिल थिङ मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार, थिङ भेलौरीको रूखमा झ्यालमा लगाउने पर्दाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत...
भोलिदेखि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
काठमाडौं । सरकारले बिहीबारबाट देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम संचालन गर्ने भएको छ । देशको ७५३ वटा पालिकाबाट भोलि वैशाखबाट राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । वैशाख ७ गते शुक्रबारसम्म संचालन हुने उक्त...
हेटौंडास्थित एक घरमा आगलागी, चौलागाईँ घाइते
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ रामनगरस्थित एक घरमा मंगलबार आगलागी भएको छ । स्थानीय ६८ वर्षीय आत्मलाल चौलागाईँको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, चौलागाईँको सिमेन्ट, काठ र टायलले बनेको २ तले कच्चि घर र...
क्यान्सरको निःशुल्क परीक्षण गर्दै काठमाडौं महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि वडाहरुमा क्यान्सरको निःशुल्क परीक्षण शिविर संचालन गर्ने भएको छ । महानगरले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सुरु गरेको हो । उक्त शिविर वैशाख महिना भरी सञ्चालन हुने महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रले जनाएको छ । सो क्रममा...
घुस प्रकरणमा पक्राउ परे महानगरका इन्जिनियर
पोखरा । पोखरा महानगरपालिकाका इन्जिनियर शिवराज बराल पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले मंगलबार पक्राउ गरेको हो । महानगरपालिकाबाट घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा इन्जिनियरले घुस लिएको प्रकरणमा बराललाई पक्राउ गरिएको हो । गत चैत २८ गते घर निर्माणको घर नक्सा प्रमाणपत्र दिने...
आज यी चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज विभिन्न चार प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जानकारी गराएको हो । साथै आज देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रही...
अटिजम सेन्टरलाई ट्रेम्पलिन सामग्री
हेटौंडा । रोटरी क्लब अफ मकवानपुरले हेटौंडा उपमहानगरपालिका–४, हुप्राचौरस्थित अटिजम सेन्टरलाई खेल सामग्री हस्तान्तरण गरेको छ । क्लबले अटिजम सेन्टरका लागि ५० हजार रुपैयाँ बराबरको ट्रेम्पलिन खेल सामाग्री वितरण गरेको हो । मंगलबार सेन्टरमा रहेका २४ जना विद्यार्थीका लागि आवश्यक विभिन्न प्रकारका खेलकुद सामग्री हस्तान्तरण गरिएको हो । उक्त...
अर्थ सहसचिव शाक्यले पाए धितोपत्र बोर्डको जिम्मेवारी
काठमाडौं । नेपाल धितोपत्र बोर्डको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यले पाएका छन् । तत्कालका लागि बोर्ड अध्यक्षको जिम्मेवारी सहसचिव शाक्यले पाएका हुन् । हाल अर्थ मन्त्रालयबाट शाक्यले बोर्ड संचालक समिति सदस्यका रूपमा प्रतिनिधित्व गरिरहेका छन् । धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ मा अध्यक्षको नियुक्ति सम्बन्धी व्यवस्था...









