समाचार

अवैध लागूऔषधसहित ७ जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरेको छ । प्रहरीले धनुषा, झापा, सुनसरी र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले धनुषाको जनकपुर उपमहानगरपालिका–१४ बाट अवैध लागूऔषध खैरो हेरोइन ४८ ग्राम ४६ मिलिग्रामसहित मंगलबार एक जनालाई पक्राउ गरेको छ ।...

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते

सल्यान । सल्यानमा आज बिहान बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बिहान पौने ११ बजे बागचौर नगरपालिका वडा नम्बर २ सिङबाङस्थित रा १ ख २०८५ नम्बरको बस दुर्घटना हुँदा १४ जना घाइते भएका हुन् । दुर्घटनामा परेर घाइते भएका १४ जनामध्ये चार जनाको अवस्था गम्भीर सल्लान...

लेक लागेर २९ जनाको मृत्यु

गलेश्वर । मुस्ताङमा पछिल्लो तीन वर्षको अवधिमा लेक लागेर २९ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७८–७९ देखि २०८०–८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । चालु आवको असोजदेखि चैतसम्म मात्रै मुस्ताङ घुम्न आएका ११ जनाले लेक लागेर मृत्यु...

सुदूरपश्चिम प्रदेशका सीमा नाका बन्द

बैतडी । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमा नाका बन्द गरिएको छ । भारतमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गर्दै बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका बन्द गरिएको हो । बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले यही वैशाख ७ गते उत्तराखण्ड र चम्पावतमा हुने लोकसभा सामान्य निर्वाचनलाई...

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन स्थगित

काठमाडौं । नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन स्थगित भएको छ । एकीकृत समाजवादीको बुधबार बसेको सचिवालय बैठकले जेठमा हुने भनिएको महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । बैठकले जेठ ३ देखि ७ गतेसम्म संचालन हुने भनिएको १० औं राष्ट्रिय महाधिवेशन असारम ागर्ने गरी स्थगित गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ...

माओवादी केन्द्र पुनरोदयको सन्निकटः जिल्ला इन्चार्ज गौतम

हेटौंडा । नेकपा माओवादी केन्द्र, मकवानपुर जिल्ला इन्चार्ज एवम् पार्टी केन्द्रीय सदस्य विजय गौतमले माओवादी पार्टी पुनरोदयको सन्निकट रहेको दाबी गरेका छन् । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका वडा नंं १ को दोश्रो वडा अधिवेशनलाई बुधबार सम्बोधन गर्दै नेता गौतमले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘व्यवस्था बदलेर...

गण्डकी प्रदेशको संसद् अधिवेशन आह्वान

पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले यही वैशाद ७ गते ३ बजे बस्ने गरी संसद् अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डिप्रसाद अर्यालका, अनुसार नियमित अधिवेशन आह्वान गरिएको हो । सोही अधिवेशनमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतको प्रस्ताव...

उपनिर्वाचनका लागि नमुना मतपत्र सार्वजनिक

काठमाडौं । यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्रको नमुना सार्वजनिक गरेको छ । इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनको लागि मतपत्र सार्वजनिक गरिएको हो । इलाम क्षेत्र नम्बर २ मा मतपत्रको पहिलो नम्बरमा एमालेको सूर्य...

१३० किलो गाँजासहित ७ जना प्रहरीको नियन्त्रणमा

मकवानपुर । प्रहरीले अवैध लागूऔषध गाँजासहित मकवानपुरको मनहरी गाउँपालिका–४, माथिल्लो मसिने भन्ने स्थानबाट मंगलबार सात जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले लागूऔषध गाँजा १३० किलो १५० ग्रामसहित सात जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरीको नियन्त्रणमा हुनेहरुमा क्रमशः मकवानपुरको कैलाश...

कांग्रेस मकवानपुरको प्रशिक्षक–प्रशिक्षण कार्यक्रम सम्पन्न

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरद्वारा आयोजित दुई दिवसीय प्रशिक्षक–प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित प्रशिक्षक कार्यक्रम मंगलबार सुरु भई बुधबार सम्पन्न भएको हो । पार्टीका जिल्ला, क्षेत्रीय, प्रदेश क्षेत्रीय र गाउँपालिका कार्यसमितिका पदाधिकारीलाई तालिम दिएको कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले जानकारी दिए । उनका...