उपनिर्वाचनः आज मतदान हुँदै
काठमाडौं । उपनिर्वाचनका लागि आज मतदान हुँदैछ । इलाम प्रतिनिधि सभा क्षेत्र नं. २ र बझाङ प्रदेश सभा क्षेत्र नं. १ मा हाल मतदान जारी छ ।
दुबै जिल्लामा मतदाताहरुले उत्साहपूर्वक लामबद्ध रुपमा मतदान गरिरहेको जनाइएको छ ।
शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरिएको छ ।
मतदान साँझ ५ बजेसम्म संचालन हुनेछ ।
