समाचार

मधेश सरकारबाट बाहिरियो लोसपा

जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीले पदबाट राजीनामा दिएसँगै लोसपा सरकारबाट बाहिरिएको हो । मंगलबार बसेको लोसपाको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मतसमेत नदिने निर्णय गरेको थियो । दलको निर्णयसँगै कुर्मीले राजीनामा दिएका...

साहित्यकार प्रकट पगेनीको निधन

पोखरा । पोखराका साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’ को मंगलबार दिउँसो निधन भएको छ । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मणिपाल शिक्षण अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा मृत्यु भएको हो । स्व. शिव कविता, गीतसहित शृंगारिक गजलमार्फत् प्रख्यात थिए । उनको कविता, गजलका किताब प्रकाशित छन्...

महिला मिलन सहकारीको स्थापना दिवस मनाइयो

मकवानपुर । महिला मिलन बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवस मनाइएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी सहकारीको २४ औं स्थापना दिवस मनाइएको हो । कार्यक्रम सहकारी अध्यक्ष मिना थापाको सभाध्यक्षता एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा जिल्ला बचत...

कांग्रेस मकवानपुरको प्रशिक्षक–प्रशिक्षण कार्यक्रम सुरु

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरद्वारा आयोजित जिल्लास्तरीय प्रशिक्षक–प्रशिक्षण कार्यक्रम सुरु भएको छ । प्रशिक्षक–प्रशिक्षण कार्यक्रम मंगलबारबाट सुरु भएको हो । बुधबारसम्म संचालन हुने उक्त प्रशिक्षक–प्रशिक्षण कार्यक्रमको नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् । सो क्रममा बोल्दै सभापति बानियाँले सहकारीको नाममा लाखौँ जनताका अर्बौँ रुपैयाँ लुटेकाहरू...

आज पनि ओरालो लाग्यो शेयर बजार

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा ओरालो गरेको छ । २०८१ साल लागेपछि कारोबार भएको पहिलो दिनबाट ओरालो लागेको शेयर बजारले आज पनि निरन्तरता पाएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४ दशमलव ८१ अकंले घटेर १९९१ दशमलव ७१ बिन्दुमा बन्द भएको छ...

सुदूरपश्चिम प्रदेशः एकीकृत समाजवादीद्वारा समर्थन फिर्ता

कैलाली । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का चौधरीलाई दिएको समर्थन फिर्ता लिएको हो । एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले मंगलबार प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाएका...

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापाको झापा गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–७ चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पाकी संचालक ३४ वर्षीया पुजा लोवा र चितवन वीरेन्द्रनगर घर भई हाल काठमाडौं महानगरपालिका–७ गंगाहिटी बस्ने ४३ वर्षीया पुजा मगर भन्ने ओम...

चिर्पट प्रहार गरी युवकको हत्या, एक जना पक्राउ

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित मुक्तिघाटमा सोमबार चिर्पट प्रहार गरी एक युवकको हत्या गरिएको छ । दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय बिनोद तामाङको चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । बिनोदको हत्या गरेको अभियोगमा प्रहरीले सोही उपमहानगरपालिका–४ गैरीगाउँबाट बस्ने...

३४ जना शाखा अधिकृतको उपसचिवमा बढुवा

काठमाडौं । सरकारले ३४ जना शाखा अधिकृतहरुलाई उपसचिवमा बढुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जनालाई उपसचिवमा बढुवा गरेको हो । मन्त्रालयले नेपाल प्रशासन सेवा, समान्य प्रशासन समूहबाट कार्यक्षमता मूल्यांकनका आधारमा उनीहरुलाई उपसचिवमा बढुवा गरेको जनाएको छ । मन्त्रालयले बढुवा भएका उपसचिवहरुलाई ५ दिने अभिुमखकीरण...

अन्तर्राष्ट्रिय समितिको बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ । मंगलबार बिहान साढे १० बजे बस्ने गरी आह्वान गरिएको उक्त बैठक पर्याप्त संख्यामा सांसदहरू उपस्थित नहुँदा स्थगित भएको हो । बैठक संचालनका लागि १४ जना सांसदले सहभागिता जनाउनुपर्ने थियो । तर, ८ जना मात्रै...