समाचार

२४ लाखभन्दा बढीको सामान बरामद

रौतहट । प्रहरी गस्ती टोलीले रौतहटको विभिन्न नाकाबाट २४ लाख रुपैयाँ भन्दा बढीको अवैध सामान बरामद गरेको छ । गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म २४ लाख ४५ हजार ५५६ रुपैयाँ बराबरको अवैध भारतीय सामान बरामद गरेको प्रहरीले जनाएको छ । भारतीय बजार बाट भन्सार छलेर ल्याइरहेको उक्त...

आज ७ वटा संसदीय समितिको बैठक बस्ने

काठमाडौं । आज एकै पटक ७ वटा संसदीय समितिको बैठक बस्ने भएको छ । जसअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे १० बजे र बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्ने भएको छ । यस्तै, बिहान ११ बजे नै अर्थ समितिको बैठक, बिहान...

दुई डीआइजी एआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ । गएराति सार्वजनिक बढुवा सूची अनुसार बढुवा सिफारिस हुनेमा उमेशराज जोशी र भीमप्रसाद ढकाल रहेका छन् । प्रहरी अतिरिक्त महानिरीक्षकद्वय मिरा चौधरी र सन्दीप भण्डारी यसै सात अवकाशमा जाँदै छन् । भण्डारी आजबाट र चौधरी यही...

ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा गएराति तेल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । ट्यांकरको ठक्करबाट जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियारको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, सोमबार राति पौने ११ बजेको समयमा ग १४...

आज हेटौंडासहित यी स्थानमा विद्युत अवरुद्ध

मकवानपुर । आज हेटौंडासहित कैलाश, भीमफेदी र मकवानपुरगढीका विभिन्न स्थानमा विद्युत अवरुद्ध भएको छ । बिहान ५ बजेदेखि बन्द भएको विद्युत साँझ ५ बजेसम्म अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्र हेटौंडाले जनाएको छ । विद्युत प्राधिकरण चौकीटोल सवस्टेशनमार्फत् गरिएको विद्युत र त्यस अन्तर्गत पर्ने भूटनदेवी, चौघडा, सानोपोखरा,...

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादवले आज चौथो पटक विश्वासको मत लिन लागेका हुन् । प्रदेश सभाको दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । उनी गत...

चैते दशैंको अवसरमा सार्वजनिक विदा

पोखरा । गण्डकी प्रदेशमा चैते दशैंको अवसरमा आज प्रदेशभर सार्वजनिक विदा दिइएको छ । चैत शुक्ल अष्टमी (चैते दशैं) का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक विदा दिइएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना सार्वजनिक गरी मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकको निर्णय...

२३ किलो चरेशसहित एक जना पक्राउ

काठमाडौं । बर्दियाको सीमा इलाकाबाट सशस्त्र प्रहरी बलले २३ किलो चरेशसहित मंगलबार बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५, घर भएका ३४ वर्षीय बमबहादुर पुन रहेका छन् । उनलाई बर्दियाको बडैयाताल गाउँपालिका वडा नं २ फुटाहा स्थित सीमा इलाकाबाट पक्राउ गरिएको सशस्त्र प्रहरी...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको र त्यसको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको जनाएको छ । यस्तै, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही...

राप्रपाद्वारा डाँगीलाई सहिद घोषणा गर्न माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्व. ठाकुरप्रसाद डाँगीलाई सहिद घोषणा गर्न माग गरेको छ । सोमबार बिहान मृत्यु भएको डाँगीको निधनले राप्रपालाई ठुलो क्षति पुगेको भन्दै राप्रपाले सहिद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति प्रदान गर्न सरकारसँग माग गरेको हो । साथै राप्रपाले संविधान प्रदत्त अधिकारको उपभोग गर्दै...