हेटौंडा ११ का विद्यार्थीलाई कम्प्युटर सम्बन्धि आधारभूत तालिम
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ का विद्यार्थीहरुलाई कम्प्युटर सम्बन्धि आधारभूत तालिम दिइएको छ ।
कक्षा ११, १२ र ब्याचलर लेवलका विद्यार्थीहरुका लागि बिपन्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको उक्त तालिम बिहीबारबाट सुरु भएको हो ।
तालिम चिनीमाया प्रतिष्ठानको सहयोगमा संचालन गरिएको हो ।
तालिमको उद्घाटन प्रतिष्ठानका जिल्ला अध्यक्ष तथा सहकारीका अध्यक्ष कमलचन्द्र सुमनको सभाध्यक्षता एवम् हेटौंडा–११ की वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा भएको हो ।
तालिमको लागि हेटौंडाका व्यवसायी ज्योतिरत्न बज्राचार्य, माभेन कन्सल्टेन्सी, नमस्कार साप्ताहिकले कम्प्युटर सहयोग गरेको सहकारीले जनाएको छ ।
तालिममा २० जना प्रशिक्षार्थी सहभागी छन् ।
