मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
वीरगंज । पर्साको वीरगंज महानगरपालिकाको खल्वा टोला स्रिसियामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
वीरगंजबाट सुख्खा बन्दगाहतबाट आइरहेको ना १८ प ९८१६ नम्बरको मोटरसाइक र विपरित दिशातर्फ जाँदै गरेको ना ३१ प ३८३५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ना ३१ प ३८३५ नम्बरको मोटरसाइकलमा सवार अर्जुन पटेल रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीका अनुसार, उनको नाम पहिचान भएपनि ठेगाना भने पहिचान भइसकेको छैन । दुर्घटनामा परेर घाइते भएका उनको थप उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परेर दुई वटै मोटरसाइकलमा सवार अन्य तीन जना घाइते भएका छन् । घाइते तीनै जना खत्तरामुक्त रहेको र उनीहरुको अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
दुर्घटनामा परेका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
