उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृती प्रदान
काठमाडौं । आसन्न उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृती प्रदान गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृती प्रदान गरेका हुन् ।
राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकको वैशाख १० गतेको निर्णय अनुरुप सेना परिचालन गर्न स्वीकृती प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
बैशाख १५ गते इलाम प्रतिनिधि सभा क्षेत्र नं. २ र बझाङ प्रदेश सभा क्षेत्र नं. १ (१) मा उपनिर्वाचन हुँदैछ ।
