समाचार
लुम्बिनी प्रदेशः संसदीय समितिको निर्वाचन मिति घोषणा
बुटवल । लुम्बिनी प्रदेश सभाका सभापति चयनका लागि निर्वाचनको मिति घोषणा भएको छ । सोमबार प्रदेश सभाले एक सूचना जारी गर्दै यही वैशाख ५ गतेका लागि निर्वाचन मिति सार्वजनिक गरेको हो । लुम्बिनी प्रदेशमा १७ महिनादेखि संसदीय समितिका सभापति चयन गर्न सकिएको छैन । दलहरूबीच भागबण्डा मिलेलगत्तै निर्वाचन मिति...
मतदाता नामावली दर्ता तथा अद्यावधिक सुरु
काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली पुनः सुचारु गर्ने निर्णय गरेको छ । आयोगको निर्णयबाट उपनिर्वाचन प्रयोजनको लागि देशभर गत फागुन १४ गतेदेखि मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएको थियो । प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उपनिर्वाचन हुने इलाम र बझाङ जिल्लामा वैशाख २५ गतेदेखि र बाँकी सबै...
खुर्पा प्रहार गरी पुरुषको हत्या, तामाङ पक्राउ
नुवाकोट । नुवाकोट जिल्लाको ककनी गाउँपालिका–२ ठुलोचित्रेमा खुर्पा प्रहार गरी एक पुरुषको हत्या गरिएको छ । स्थानीय बस्ने ३० वर्षीय मंगले तामाङको खुर्पा प्रहार गरी हत्या गरिएको हो । मंगलेको हत्या गरेको अभियोगमा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ६५ वर्षीय डम्बरबहादुर...
धनजित राई हत्या प्रकरणः ३ जना पक्राउ
खोटाङ । खोटाङका ३१ वर्षीय धनजित राईको हत्या अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही स्थानका वर्ष २२ का विकास राई, वर्ष १८ का आशन राई र वर्ष २८ का गणेश राई छन् । गत १ वैशाखको राति करिब ८ बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११...
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाइदिन्छु भन्दै ठग गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका–९ सम्भूमार्ग बस्ने २७ वर्षीय पवन केसी, मुगु खत्याड गाउँपालिका–८ घर भई काठमाडौं कोटेश्वर बस्ने २३ वर्षीय नमराज रावत...
गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु
काठमाडौँ । गुल्मीको मुसिकोटमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । सोही क्रममा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मुसिकोट १ नम्वर वडा तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तीको मृत्यु भएको हो । आगो...
कतारका अमिर शेख नेपाल आउँदै
काठमाडौं । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउने भएका छन् । अमिर शेख यही अप्रिल २३ र २४ गरी दुई दिने भ्रमणका लागि नेपाल आउने भएका हुन् । यद्यपि नेपाल सरकारले आधिकारिक घोषणा भने गरेको छैन । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले मन्त्रालयमा...
आगलागीमा परेर दिदीभाइको मृत्यु
अछाम । अछाममा आगलागी हुँदा दुई जना बालबालिकाको मृत्यु भएको छ । जिल्लाको मेल्लेख गाउँपालिका वडा नं ६ को षोडशामा छानामा आगलागी हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय दीपक बोहराको छोरी अन्दाजी ८ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहरा...
आज नेप्से १७ अंकले घट्यो
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्से परिसूचक घटेको छ । आइतबार सामान्य अंकले घटेर बन्द भएको बजारमा सोमबार १६ दशमलव ८२ अंकले नेप्से घट्दै २ हजार ६.५२ अंकमा झरेर बन्द भएको हो । यस्तै, आज २ अर्ब ७९ करोड ७५ लाखको कारोबार भएको नेपाल स्टक...
हेटौंडाबाट लागूऔषधसहित युवक पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेबाट प्रहरीले आइतबार एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ८, कुनाले बस्ने २६ वर्षीय दिपक चेपाङ रहेका छन् । उनलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले लागूऔषध गाँजा ५ किलो २ ग्रामसहित पक्राउ गरेको हो...










