१३ जुवाडे प्रहरीको नियन्त्रणमा

तु खबर संवाददाता
२०८१ बैशाख १३, बिहीबार ०९:३१
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले ललितपुरको ग्वार्कोबाट गएराति १३ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

ग्वार्कोस्थित ननस्टफ डान्सबारको पाँचौ तलाको कोठामा बाहिरबाट ताला लगाएर भित्र जुवा खेलिरहेका अवस्थामा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर ललितपुर र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरुको साथबाट ४ लाख ३५ हजार ९६० रुपैयाँ बरामद गरेको छ ।