मकवानपुर प्रहरीद्वारा जंगली चरा नियन्त्रण
मकवानपुर । मकवानपुर प्रहरीले बुधबार बिहान बेवारिसे अवस्थामा जंगल चरा नियन्त्रणमा लिएको छ ।
प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेस्थित पूर्व–पश्चिम सडकखण्डबाट अन्दाजी ३०० वटा जंगली चरा नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार, गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख.१६८२ नं.को बसलाई रोकी चेकजाच गर्ने क्रममा बसको बाया साईडको डिक्कीमा लुकाई छिपाई राखेको उक्त चरा फेला पारी नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको कटेरो नामक उक्त चरा स्थानीय वन कार्यालयको कर्मचारीको रोवहरमा बुधबार जंगलमा छोडेको जनाइएको छ ।
