समाचार
नयाँ वर्षको अवसरमा रक्तदान कार्यक्रम
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । उक्त रक्तदान कार्यक्रम रामेछाप काभ्रे मैत्रीसमाजले नयाँ वर्ष २०८१ सालको अवसरमा आयोजना गरेको हो । कार्यक्रम समाजका अध्यक्ष मानबहादुर लामाको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका १ का वडाध्यक्ष सबिन न्यौपानेको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा समाजका...
सूचना प्रविधि समितिको बैठक आज बस्दै
काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ । बैठक आज मध्यान्ह साढे १२ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको हो । सो बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल हुने जनाइएको छ ।
करेन्ट लागेर बालिकाको मृत्यु
जुम्ला । सिंजा गाउँपालिका–३ छान्निगाडामा आइतबार करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय नमराज गिरीकी छोरी १३ वर्षीया नबिना गिरी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घर नजिकै बाटोमा बाख्रा चराउन गएकी उनको राष्ट्रिय प्रशारण लाइनको बिजुलीको तार निर्माणाधीन नेपाल टेलिकमको टावरमा लैजाने क्रममा...
दुईपोखरीमा डुबेर एक जनाको मृत्यु
काठमाडौं । भक्तपुरको थिमीस्थित दुईपोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ५० वर्षीय तुइलाल श्रेष्ठ रहेको प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीका अनुसार, मृतक श्रेष्ठ थिमी नगरपालिका–४ का स्थानीय हुन् । श्रेष्ठको शव पोस्टमार्टमका लागी अस्पताल पठाइएको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
उदयपुर । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–९ बस्ने ३८ वर्षीय सन्तोष कुमार माझी रहेका छन् । माझीले ती किशोरीलाई गत बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई...
वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइने
काठमाडौं । सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो । सो कार्यक्रममा खोप लगाउन छुटेको बालबालिकालाई खोप पनि लगाउन मन्त्रालयले अनुरोध गरेको छ । साथै मन्त्रालयले नियमित खोप लगाउन...
एमाले केन्द्रीय सचिवालय बैठक जारी
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक हाल जारी छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक केहीबेर अघिबाट सुरु भएको हो । सो बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारीका सन्दर्भमा छलफल हुनेछ । यस्तै, एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक वैशाख ८ देखि १० गतेसम्म बस्दैछ ।...
हेटौंडाका युवक पक्राउ
पर्सा । वीरगंज महानगरपालिका–१६ शंकरअचार्य गेटबाट अवैध लागूऔषध खैरो हेरोइनसहित हेटौंडाका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नमा हेटौंडा उपमहानगरपालिका–१० बस्ने २७ वर्षीय सुजन गोले रहेका छन् । उनलाई लागूऔषध खैरो हेरोइन करिब ४ ग्राम ८ सय २० मिलिग्रामसहित प्रहरी चौकी ईनरूवाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।...
गहुँ खेतमा महिलाको शव फेला
जनकपुरधाम । धनुषामा आज बिहान एक महिलाको शव फेला परेको छ । जिल्लाको हंसपुर नगरपालिका–७ की ५५ वर्षीया शुभ देवी मण्डल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, धनुषाकै सहिदनगर नगरपालिका–४ ननुपट्टी (माइती) गएकी उनी शनिबार साँझ ७ बजदेखि सम्पर्कविहीन थिइन् । खोजतलाश गर्ने क्रममा आज...
सरकारद्वारा ५ सचिवको सरुवा
काठमाडौं । सरकारले ५ जना सचिवहरुको एकै पटक सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका कार्यरत पाँच सचिवको सरुवा गरेको हो । जसअनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सचिव दिनेश भट्टराई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएका छन् । यस्तै, महिला बालबलिका मन्त्रालयका सचिव सुमनराज...









