आज चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी

तु खबर संवाददाता
२०८१ बैशाख १२, बुधबार ०८:३७
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशको केही प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहनुका साथै तराईमा हावाहुरी सम्भावना रहेको जनाएको छ ।

महाशाखाले बुधबार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको हो ।

महाशाखाका अनुसार, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना पनि रहेको छ ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जनाइएको छ ।