हेटौंडाबाट एक जना पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित पूर्व–पश्चिम सडकखण्डबाट प्रहरीले सोमबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले अवैध लागूऔषध चरेश करिब ६ किलो ९ सय ग्रामसहित धादिङ गजुरी गाउँपालिका–८ बस्ने ३३ वर्षीय चिन बहादुर डिमडुङ तामाङलाई पक्राउ गरेको हो ।
उनलाई इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको ना.७ ख २०१८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार तामाङलाई उक्त परिमाणको चरेशसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
