समाचार
ट्रक दुर्घटना हुँदा बालकको मृत्यु, ८ जना घाइते
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेको दाउने खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । पतेनीबाट मल लिएर बारीमा जाँदै गरेको बा ३ ख ८९४७ नम्बरको ट्रक दुर्घटना हुँदा एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृतकको सनाखत भएको छैन । त्यस्तै, सोही...
आइतबार सामान्य अंकले घट्यो शेयर बजार
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात नयाँ वर्षको पहिलो कारोबारको दिन शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ दशमलव ३५ अंकले घटेर बन्द भएको हो । यो ० दशमलव ११ प्रतिशतको गिरावट हो । यससँगै नेप्से परिसूचक २०२३ अंकमा आइपुगेको...
गैंडाको आक्रमणबाट नेचर गाइडको मृत्यु
चितवन । गैंडाको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा आरुघाट गाउँपालिका–८ पोखरी घर भई हाल रत्ननगर नगरपालिका–६ सौराहा बस्ने ३२ वर्षीय सुवास रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, शनिबार चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन...
आजबाट संसद्को हिउँदे अधिवेशन अन्त्य हुँदै
काठमाडौं । संसद्को हिउँदे अधिवेशन आजबाट अन्त्य हुँदैछ । चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको हो । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार रातिबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सोही अनुरुप हिउँदे अधिवेशन अन्त्य हुने भएको हो ।
आजबाट विद्यालय भर्ना अभियान सुरु
काठमाडौं । नयाँ शैक्षिकसत्र २०८१ का लागि आजबाट देशैभर विद्यार्थी भर्ना अभियान सुरु हुने भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित आजबाट नयाँ शैक्षिकसत्रका लागि भर्ना अभियान सुरु हुन लागेको हो । अभियानको पहिलो दिन आज सबै स्थानीय तहका शिक्षा प्रमुख, एकाइ प्रमुख,...
मकवानपुरका स्याङ्तान पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–१६, सोह्रखुट्टेबाट शुक्रबार अवैध लागूऔषध चरेशसहित मकवानपुरका एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–७ घर भई हाल चन्द्रागिरी नगरपालिका–१२ गुर्जुधारा बस्ने ३७ वर्षीय अर्जुन स्याङ्तान रहेका छन् । उनलाई प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले लागूऔषध चरेश ४ किलोसहित पक्राउ गरेको हो ।...
आज जुडशीतल पर्व मनाइँदै
धनुषा । आज जुडशीतल पर्व मनाइँदै छ । उक्त पर्व तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा मनाइने गरिन्छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिने प्रचलन रहेको छ । विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गरिन्छ । सूर्यको तापले पानी खोजिरहेका...
एमाले सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको हो । बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५ औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म...
आज हल्का वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज केही प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले आल देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको थोरै र बाँकी भूभागको एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जनाएको हो । साथै...
प्रतिनिधि सभा बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकको सुरुवातमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । त्यस्तै, आजको बैठकमा चालु अधिवेशनमा...









