दुर्लभ वन्यजन्तुको मासुसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८१ बैशाख ११, मंगलवार १५:३४
सांकेतिक तस्बिर

पोखरा । कास्कीमा दुर्लभ वन्यजन्तुको मासुसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर बस्ने ६९ वर्षीय बोरबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनलाई दुर्लभ वन्यजन्तु नाउर झारलको मासु र हड्डीसहित पावर हाउसबाट पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट १० किलो नाउर झारलको मासु र हड्डी बरामद गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धानको लागि वन कार्यालयमा पठाइएको छ ।