समाचार
संसद्को हिउँदे अधिवेशन वैशाख २ बाट अन्त्य हुने
काठमाडौं । संसद्को हिउँदे अधिवेशन वैशाख २ गतेबाट अन्त्य हुने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार रातिबाट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार, वैशाख २ गते राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको हो ।
अवैध लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध खैरो हेरोइन १० ग्रामसहित दुई जनालाई शुक्रबार बिहान पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा कास्कीको पोखरा महानगरपालिका–४ बस्ने ३४ वर्षीय प्रज्वल हराचन र काठमाडौं तारकेश्वर नगरपालिका–१६ माछापोखरी बस्ने २१...
राष्ट्रिय सभा सदस्यमा शाक्य नियुक्त गर्न सिफारिस
काठमाडौं । सरकारले राष्ट्रिय सभाको सदस्य पदमा अञ्जान शाक्यलाई नियुक्त गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । राष्ट्रपतिबाट मनोनीत हुने एक राष्ट्रिय सभा सदस्य पद रिक्त रहेको थियो । शाक्य एमालेबाट सिफारिस भएकी हुन्...
दुई वटा संसदीय समितिको बैठक बस्ने
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो । जसअन्तर्गत बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ । सो बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयकको सम्बन्धमा छलफल...
डढेलोमा घाइते भएका बालकको मृत्यु
डोल्पा । डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागी हुँदा घाइते भएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा १० वर्षीय बालक सुलस बुढा रहेका छन् । उनको जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए । यस्तै, उक्त डढेलोमा...
हेटौंडा–११ मा तीन महिने सिलाइकटाइ तालिम समापन
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित आयोजित तीन महिने आधारभूत सिलाइकटाइ तालिम समापन भएको छ । स्थानीय विपन्न बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको उक्त तालिम समापन भएको हो । तालिम समापन कार्यक्रम सहकारीका अध्यक्ष कमलचन्द्र सुमनको सभाध्यक्षता एवम् हेटौंडा–११ की वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा...
लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् । केही दिनअघि मुख्यमन्त्री बनेका उनदे आज विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री महराले विश्वासको मत लिने भएपछि सभामुख तुलाराम घर्ती मगरले दिउँसो १ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरेका छन् । लुम्बिनी प्रदेश...
हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ
पर्सा । आफ्नै हजुरआमा ८० वर्षीया सवरजिया देवी पाण्डेको हत्या गरेको अभियोगमा प्रहरीले पर्साबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बिन्दवासनि गाउँपालिका–५ हस्वा टोल बस्ने ३० वर्षीय अजय कुमार पाण्डे रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, जग्गा जमिनको विषयमा विवाद भई अजयले कुटपिट गर्दा सवरजिया...
राष्ट्रिय सभा बैठक आज बस्दै
काठमाडौं । संघीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । बैठक दिउँसो सवा १ बजे बस्ने गरी आह्वान गरिएको छ । आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले “निः शुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी” सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी...
आज आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेनुका साथै देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भ–ूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ...










