समाचार

सिन्धुलीको एनसेल टावरमा विस्फोट

काठमाडौं । सिन्धुलीको एनसेल टावरमा कुकर बम विस्फोट भएको छ । जिल्लाको कमलामाई नगरपालिका–४ स्थित एनसेलको टावरमा बिहान १ बजेको समयमा विस्फोट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, विस्फोटबाट टावरका तारहरू जलेको र अहिले आसपासको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको छ । विस्फोट गरिएको ठाउँ वरपर जनमुक्ति सेना...

हङकङको एक जिममा आगलागी, ५ जनाको मृत्यु

हङकङ । हङकङको याउ मा तेइस्थित एक आवासीय भवनमा आगलागी भएको छ । बुधबार जोर्डन रोड याउ मा तेइस्थित भवनमा रहेको जिममा आगलागी भएको हो । उक्त आगलागीमा परेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ । साथै आगलागीमा परेर १० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको...

पोखरामा बस दुर्घटना हुँदा ८ जना घाइते

पोखरा । पोखराको हेम्जामा आज बिहान बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । काठमाडौंबाट म्याग्दीको दरबाङ जाँदै गरेको ग २ ख १६३० नम्बरको बस सुईखेतमा दुर्घटना हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको छ । दुर्घटनाको...

मानव बेचबिखनको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

काठमाडौं । मानव बेचबिखनको आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् । रसुवाको नौकुण्ड गाउँपालिका–१ का ५२ वर्षीय नुर्वु घले भन्ने नुर्बु स्याङबो घलेलाई मावन बेचबिखनको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई मानव बेचविखन ब्यूरोको टोलीले बुधबार बबरमहलबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि काठमाडौं जिल्ला अदालतबाट...

पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचौक गाउँपालिका–१० स्थित दूधकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर बुधबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु आमचोक–६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राई रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुवै जना मृतकको शव पोष्टमार्टमका लागि धरान घोपा पठाएको छ...

नयाँ शैक्षिकसत्रका लागि भर्ना अभियान सुरु हुँदै

काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि आगामी वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सो बारे जानकारी गराएका हो । विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि स्थानीय तह र अन्य सम्बन्धित...

आज यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको केही प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने भन्दै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो । साथै...

आज इस्लाम धर्मावलम्बीको महान् पर्व इद मनाइँदै

काठमाडौं । आज इस्लाम धर्मावलम्बीको महान् पर्व ‘इद उल फित्र’ मनाइँदैछ । यस पर्वको अवसरमा मुस्लिम समुदायका धर्मावलम्बीहरु एक महिना रोजा (ब्रत) बसेर मनाउँदै आएका छन् । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास गरिन्छ । चन्द्रमा हेरेर एक महिनाको रोजा अर्थात् व्रत बसिन्छ ।...

आज देशभर सार्वजनिक विदा

काठमाडौं । सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद) को अवसरमा देशभर सार्वजनिक विदा दिएको हो । मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो ।...

बागमती प्रदेश प्रमुख शर्माद्वारा शुभकामना व्यक्त

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले ईद पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले बिहीबार एक सन्देश जारी गर्दै इस्लाम समुदायमा मनाइँदै गरिएको ईद पर्वको शुभकामना दिएका हुन् । प्रदेश प्रमुख शर्माले इस्लाम धर्मका अनुयायीहरुमा सुख, शान्ति एवम् सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका...