समाचार

राक्सिराङको एक घरमा आगलागी

मकवानपुर । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका वडा नं. १ खचनास्थित एक घरमा बुधबार आगलागी भएको छ । स्थानीय दिलबहादुर चेपाङको खरले छाएको काठको एक तले कच्चि घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । चेपाङ आफैले घर नजिकै रहेको घाँसपात जलाउने क्रममा...

हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

मकवानपुर । त्रिभुवन राजपथ अन्तरगत पर्ने मकवानपुरको हेटौंडामा आज दिउँसो मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । भिमफेदीबाट हेटौंडा बजारतर्फ आउँदै गरेको प्र.३–०२–०१३ प ९७५६ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई हेटौंडा–१, तिरतिरे धारास्थित दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् । घाइते हुनेहरुमा मोटरसाइकल चालक भिमफेदी गाउँपालिका...

क्यानको केन्द्रीय सदस्यमा लामा मनोनीत

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सदस्यमा छुम्बी लामा मनोनीत भएका छन् । लामो समयदेखि नेपाली क्रिकेटमा सक्रिय रहँदै आएका उनी राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तर्फबाट क्यानको केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् । क्यानको विधानमा राखेपले दुई जनालाई क्यानको केन्द्रीय सदस्यमा मनोनीत गर्न पाउँछ । छुम्बीलाई...

कोशी प्रदेश सभाको विशेष अधिवेशन आह्वान

विराटनगर । कोशी प्रदेश सभाको विशेष अधिवेशन बैठक आह्वान गरिएको छ । अधिवेशन बैठक आगामी वैशाख ६ गते बस्ने गरी बोलाइएको हो । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाका एक चौथाइ भन्दा बढी प्रदेश सभा सदस्यहरूले दिएको पत्रको आधारमा उक्त अधिवेशन बैठक आह्वान गरेका हुन् । प्रदेश प्रमुख खापुङज्यूले नेपालको...

प्रतिपक्ष दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक आज पनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र लोसपाको अवरोधपछि प्रनिधिसभा बैटक स्थगित गरिएको हो । बैठक आगामी वैशाख २ गते ११ बजेसम्मका लागि स्थगित भएको हो । आकस्मिक समय सकिएलगत्तै प्रतिपक्षी दलहरु आ–आफ्नो...

भोलि देशभर सार्वजनिक विदा

काठमाडौं । सरकारले भोलि बिहीबार देशभर सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद) को अवसरमा भोलि देशभर सार्वजनिक विदा दिएको हो । मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक...

ईपीएस भाषा परीक्षामा ६ हजार परीक्षार्थी पास

काठमाडौं । उत्पादन मुलकतर्फ पहिलो चरणको ईपीएस भाषा परीक्षामा ६ हजारभन्दा बढी परीक्षार्थी पास भएका छन् । गत फागुन ७ गतेबाट चैत्र २४ गतेसम्म भएको भाषा परीक्षामा सहभागीमध्ये ६ हजार ३२१ जना परीक्षार्थी पास भएका हुन् । सो अवधिमा भएको परीक्षामा ४० हजार ५८० जना सहभागी थिए । वैदेशिक...

नगर प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । नगर प्रमुखविरुद्ध स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेको थियो । सोही निवेदन सम्बन्धमा अनुसन्धान...

राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी घिमिरे निर्वाचित

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा विमला घिमिरे निर्वाचित भएकी छन् । नेकपा एमालेबाट उम्मेदवारी दिएका घिमिरेलाई आफ्नो प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएकी हुन् । बुधबार राष्ट्रिय सभा बैठकमा उपाध्यक्षको निर्वाचनमा भएको मत विभाजनमा घिमिरेले पुडासैनीलाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएकी हुन्...

आठ जुवाडे प्रहरीको नियन्त्रणमा

ललितपुर । प्रहरीले ललितपुरबाट मंगलबा आठ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्लाको गोदावरी नगरपालिका–१२ ठेचो दुरिखेल बस्ने ३२ वर्षीय रमेश खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई नियनत्रणमा लिएको हो । प्रहरीले रमेश समेत ८ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुलाई प्रहरी वृत चापागाउँ खटिएको प्रहरीले...