एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज समापन हुँदै

तु खबर संवाददाता
२०८१ बैशाख ९,आईतवार ०८:३०

काठमाडौं । नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज समापन हुँदैछ ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा शनिबारबाट सुरु भएको एमाले प्रतिनिधि परिषद्को बैठक आज समापन हुने भएको हो ।

आजको बैठकमा शनिबार पेस भएका प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ । प्रतिवेदनलाई आजै पारित गरेर बैठक समापन गरिने कार्यसूची रहेको जनाइएको छ ।

परिषद् बैठकमा दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी छन् । पछिल्लो समयमा समीकरणमा हेरफेर भई सत्तापक्ष बनेको एमालेको परिषद् बैठकमा हुने छलफल र पारित हुने दस्ताबेज तथा घोषणाहरूलाई महत्वका साथ हेरिएको छ ।