सूचनाको हकका लागि राष्ट्रिय महासंघ मकवानपुरको अध्यक्षमा गौरब
मकवानपुर । सूचनाको हकका लागि राष्ट्रिय महासंघ, जिल्ला कार्य समिति मकवानपुरको अध्यक्षमा गौरव श्रीवास्तव चयन भएका छन् ।
शनिबार हेटौंडामा सम्पन्न महासंघको साधारणसभाबाट श्रीवास्तवको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
यस्तै, उपाध्यक्षमा रोशन बल, सचिवमा नरवहादुर स्यष्ठतान, कोषाध्यक्षमा पार्वती सुबेदी चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा क्रमशः समिता सुनार रसाइली, देबकुमार बल, विशाल लामा, दिपेश कुमार श्रीवास्तव, दिपेश सिंह, प्रमेश हुमागाईँ, श्रीराम दहाल, माधव माझी, निशा कर्ण चौधरी र सुर्यबहादुर गोलेलगायत रहेका छन् ।
नयाँ गठित कार्यसमितिका सदस्यहरुलाई महासंघ बागमती प्रदेश संयोजक तथा केन्द्रिय सदस्य गुलाब कुमार चौधरीले सूचनाको हक सम्बधी ऐन र सो को कार्यान्वयनले सुशासनमा पार्ने सकारात्मक प्रभावबारे अभिमुखीकरण समेत प्रदान गरेका थिए ।
