समाचार
बाजुरामा भूकम्पको धक्का महसुस
बाजुरा । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको बाह्रबिसेस्थित केन्द्रबिन्दु भएर आज बिहान भूकम्प धक्का महसुस भएको हो । बिहान ३ः५३ बजेको समयमा ३ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार, सुदूरपश्चिमसँगै...
हावाहुरीका कारण हवाई सेवा प्रभावित
काठमाडौं । हावाहुरीका कारण हवाई सेवा प्रभावित बनेको छ । बिहीबार दिउँसोदेखि बिग्रिएको मौसमका कारण हवाई सेवा प्रभावित बनेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) कन्ट्रोल रुमका अनुसार, खराब मौसमकाबिच बाहिरबाट आएको जहाज ल्यान्ड (अवतरण) गर्न कठिनाइ भइरहेको छ भने केही जहाज अन्यत्र डाइभर्ट भएका छन् । तथापि, विमानस्थलको...
सफा हिमाल अभियान सुरु
काठमाडौं । नेपाली सेनाले सफा हिमाल अभियानको चौथो संस्करण सुरु गरेको छ । बिहीबार नेपाली सेनाको जङ्गी अड्डामा प्रधान सेनापति प्रभुराम शर्माले सफा हिमाल अभियान २०२४ को ब्यानर हस्तान्तरण गरेर अभियानको उद्घाटन गरेका हुन् । उक्त अभियान वि.सं २०८१ जेठ २३ विश्व वातावरण दिवसको दिन समापन हुनेछ । ब्यानर...
बागमतीमा ६८९५ परिवारको स्वास्थ्य बिमा
कवानपुर । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा साढे ६ हजार भन्दा बढी परिवारको स्वास्थ्य बिमा गरिदिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले चालु आवमा ६ हजार ८ सय ९५ लक्षित परिवारको स्वास्थ्य बिमा गरेको हो । सो बापत मन्त्रालयले दुई करोड ३४ लाख १५ हजार ९ सय ५० रुपैयाँ...
डढेलोमा परेर मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउन माग
काठमाडौं । मुलुकभरका सामुदायिक वनहरुको छाता सङ्गठन सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले वन डढेलोमा परेर मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउन माग गरेको छ । फेकोफनले आज एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो । साथै फेकोफनले डढेलोमा परेर घाइते भएकाहरुको उपचार समयमै र निःशुल्क हुनुपर्ने पनि...
नाबालिकालाई वेश्यावृतिमा लगाउने महिला पक्राउ
काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउन पर्नेमा तारकेश्वर नगरपालिका–११ हिलेटोलस्थित पश्चिम युना खाजाघरकी संचालक सोही टोल बस्ने बर्दिया बाँसगढी नगरपालिका–१ घर भएकी २६ वर्षीया मुनु गुरूङ रहेका छन् । उक्त खाजाघरमा नाबालिकाहरूलाई विभिन्न डरत्रास र प्रलोभनमा पारी वेश्यावृतिमा लगाउने गरेको भन्ने...
हेटौंडामा इद पर्व मनाइयो
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा इस्लाम धर्मावलम्बीको महान् पर्व ‘इद उल फित्र’ मनाइएको छ । नेपाल मुस्लिम इत्तेहाद संगठनले बिहीबार शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरी इद पर्व मनाएको हो । हेटौंडास्थित जामे मस्जिदमा आयोजित कार्यक्रममा बोल्दै बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठले इस्लाम धर्मका अनुयायीहरुमा...
अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ
कास्की । कास्कीबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–१ फल्लापानी बस्ने ४२ वर्षीय कृष्णबहादुर सुनार रहेका छन् । उनलाई लागूऔषध गाँजा करिब १ किलो ५ ग्रामसहित बुधबार प्रहरी चौकी नौडाँडाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले...
नेपाली सेनाको प्रवक्तामा केसी
काठमाडौं । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीलाई दिएको छ । पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख केसीलाई सैनिक मुख्यालयले सैनिक जनसम्पर्क तथा सूचना निर्देशक तथा सङ्गठनको प्रवक्ताको जिम्मेवारी दिएको हो । हालका प्रवक्ता कृष्णप्रसाद भण्डारीको जङ्गीअड्डास्थित सैनिक अभिलेखालमा सरुवा भएको छ । उनले केही दिनमा सहायकरथी केसीलाई...
‘देश विकासको काम एमालेको नेतृत्वमा मात्र हुन्छ’
मकवानपुर । बागमती प्रदेशको खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठले देश विकासको काम नेकपा एमालेको नेतृत्वमा मात्रै हुने दाबी गरेका छन् । भीमफेदी गाउँपालिका–४ वडा कमिटीको आयोजनामा बिहीबार भएको वडा भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो दाबी गरेका हुन् । एमाले नेतृत्व सरकारको समयमा देशमा थुप्रै विकासका कामहरुको...









