संयुक्त राष्ट्रसंघले क्यानाडामा प्लास्टिक प्रदूषण अन्त्यका लागि कार्यक्रम गर्दै
ओटावा । संयुक्त रष्ट्रसंघ वातावरणीय कार्यक्रमले प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समाधानका लागि भोली २३ अप्रिलबाट एक साता लामो कार्यक्रम आयोजना गर्ने भएको छ ।
अन्तरसरकारी वार्ता समति (आइएनसी ( ४ ) को चौथो सत्र अप्रिल २३ देखि २९ सम्म क्यानाडामा आयोजना गर्न लागेको हो । सन् २०२४ को अन्त्यसम्म प्लास्टिक प्रदूषणमा एक वैश्विक सम्झौताको विकासका लागि अगाडि बढ्ने लक्ष्यका साथ कार्यक्रम आयोजना लागिएको संयुक्त राष्ट्रसंघ वातावरणी कार्यक्रमले जनाएको छ ।
क्यानाडा सरकारले एक विज्ञप्ती जारी गर्दै संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम ९युएनईपी०द्वारा समन्वय गरिएको पाँच सत्रहरूको चौथो वार्ता सत्र आइएनसी–४ रहेको र प्लास्टिक प्रदूषण अन्त्य गर्ने साझा लक्ष्यमा विश्वलाई एकजुट गर्ने अन्तिम क्षणको प्रतिनिधित्व गर्ने विज्ञप्तिमा भनिएको छ ।
सन् २०२२ मा राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूले संयुक्त राष्ट्र वातावरणसभाको पुनः सुरु भएको पाँचौँ सत्रमा सन् २०२४ को अन्त्यसम्ममा प्लास्टिक प्रदूषणमा कानूनीरूपमा बाध्यकारी विश्वव्यापी सम्झौता विकास गर्ने जनादेशसहित अन्तरसरकारी वार्ता समिति गठन गर्न सहमत भएका थिए ।
संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमले व्यापार–जस्तै–सामान्य परिदृश्यअन्तर्गत र आवश्यक हस्तक्षेपहरूको अभावमा, जलीय पारिस्थितिक प्रणालीमा प्रवेश गर्ने प्लास्टिकको फोहोरको मात्रा सन् २०१६ मा प्रतिवर्ष ९० लाखदेखि एक करोड ६० लाख टनबाट सन् २०४० मा अनुमानित तीन गुणा अर्थात लगभग दुई करोड ३० लाख टनदेखि तीन करोड ७० लाख टन हुन सक्ने बताएको छ ।