समाचार
प्रेस सेन्टर मकवानपुरको कार्यालय उद्घाटन
मकवानपुर । प्रेस सेन्टर मकवानपुरको कार्यालय उद्घाटन गरिएको छ । शनिबार बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले कार्यालयको औपचारिक उद्घाटन गरेकी हुन् । सो अवसरमा मन्त्री मुक्तानले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै मुलुकलाई समृद्ध बनाउन प्रेस जगतको महत्वपूर्ण भूमिका रहने बताइन् । उनले पत्रकारिता क्षेत्र सबल...
आजदेखि २०८१ साल सुरु
हेटौंडा । विक्रम सम्वत् २०८१ साल आजबाट सुरु भएको छ । नयाँ वर्ष सुरु भएको पहिलो दिन स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदासमेत दिइएको छ...
कलंकीस्थित भाटभटेनीमा आगलागी
काठमाडौं । राजधानीको कलंकीस्थित भाटभटेनीमा शुक्रबार आगलागी भएको छ । उक्त भाटभटेनीमा शुक्रबार आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, जेनेरेटर राख्ने स्थानबाट आगलागी सुरु भएको हो । हाल घटनास्थलमा प्रहरी वृत्त कालीमाटीको टोली पुगेको र नियन्त्रणको प्रयास जारी रहेको छ ।
महेन्द्र किरणको ३६ औँ अभिभावक भेला सम्पन्न
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–३ बसामाडीस्थित श्री महेन्द्र किरण माविको ३६ औँ वार्षिक अभिभावक भेला तथा ५४ औँ स्थापना दिवस आज सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर पाख्रिनको अध्यक्षतामा कार्यक्रम भएको हो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि एवम् हेटौंडा उपमहानगरपालिका ३ नम्वर वडा अध्यक्ष...
लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री महराले शुक्रबार बसेको प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । ८६ सदस्यीय रहेको लुम्बिनी प्रदेश सभामा उनले ४८ मत प्राप्त गरेका हुन् । मुख्यमन्त्री महरालाई नेकपा एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
दाङ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दाङबाट शुक्रबार बिहान एक पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले तुलसीपुर उपमहानगरपालिका–१३ साजखुटी बसन्तखेत बस्ने ६२ वर्षीय मान बहादुर सुनारलाई पक्राउ गरेको जनाएको छ । सुनारले ती किशोरीलाई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय...
श्री कृष्ण प्रणामी सेवा समिति मकवानपुरद्वारा भित्ते पात्रो सार्वजनिक
मकवानपुर । श्री कृष्ण प्रणामी सेवा समिति नेपाल मकवानपुरले शुभकामना आदानप्रदान तथा भित्ते पात्रो सार्वजनिक कार्यक्रमको आयोजना गरेको छ । समितिले नयाँ वर्ष २०८१ को अवसरमा शुक्रबार शुभकामना आदानप्रदान तथा भित्ते पात्रो सार्वजनिक कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रम श्री कृष्ण प्रणामी सेवा समिति मकवानपुरका अध्यक्ष केदार प्रसाद...
सरकारद्वारा सुन्तलालाई राष्ट्रिय फल घोषणा
काठमाडौं । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो घोषणा गरेको हो । राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र ९जिन बैंक० ले अनुसन्धान गरी सुन्तलालाई राष्ट्रिय फल बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव गरिएको थियो । सो प्रस्तावमाथि विभिन्न चरणमा छलफल गरी कृषि...
नाउपा सुदूरपश्चिम संसदीय दलका नेता पार्टीबाट निलम्बित
धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरी निलम्बनमा परेका छन् । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले यसअघि पठाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई ३ महिनाका लागि निलम्बन गरेकी हुन् । अध्यक्ष श्रेष्ठले शुक्रबार सभामुख भीम भण्डारीलाई चौधरीलाई निलम्बन गरिएको जानकारीसहितको पत्र पठाएको नाउपाका नेता तथा...
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका–१४ बल्खुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका–३ बस्ने ५२ वर्षीय सानु वाहक रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, बा.प्र ०१–००६ ख ५७७८ नम्बरको बसले बा.९६ प ६०१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा वाहक गम्भीर घाइते भएका...









