हेटौंडामा विद्यालयस्तरीय एकल गायन प्रतियोगिता हुँदै
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा विद्यालयस्तरीय एकल गायन प्रतियोगिता हुने भएको छ ।
उक्त प्रतियोगिता आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा वृहत् साहित्यक साँस्कृतिक कार्यक्रमअन्तर्गत् आगामी शनिबार हुने भएको हो ।
प्रतियोगिता हेटौंडा–४ स्थित हेटौंडा पार्टी प्यालेसमा हुने आयोजकले जनाएको छ ।
गायन प्रतियोगितामा कक्षा १ देखि १२ कक्षासम्मका विद्यार्थीहरुले सहभागिता जनाउन पाउनेछन् ।
प्रतियोगितामा सहभागी हुनका लागि प्रतियोगीहरुले बिहीबारसम्म आफ्नो नाम दर्ता गराइसक्नुपर्ने भने प्रतियोगीहरुले सन्देशमूलक गीत गाउनुपर्नेछ ।
प्रतियोगितामा एउटा विद्यालयबाट २ जना विद्यार्थीहरुले सहभागिता जनाउन पाउनेछन् ।
उक्त प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरुलाई क्रमशः ८ हजार रुपैयाँ, ६ हजार रुपैयाँ, ४ हजार रुपैयाँ र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
