चीनमा बाढी आएपछि ५० हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारियो

तु खबर संवाददाता
२०८१ बैशाख १०, सोमबार १६:२९

काठमाडौँ । चीनका नागरिकहरु ठूलो बाढीको सामना गरिरहेका छन् । यस बाढीका कारण गुआङडोङ प्रान्तमा प्रशासनले करिब ६० हजार मानिसलाई आफ्नो घरबाट सुरक्षित स्थानमा सारेको छ ।

चीनको यो धेरै जनसंख्या भएको प्रान्तमा विगत केही दिनदेखि भारी वर्षा भइरहेको चिनियाँ मिडियाले उल्लेख गरेका छन् ।

वर्षाका कारण अधिकाँश ठाउँमा बाढीको अवस्था सिर्जना भएको हो । हालसम्म ११ जना बेपत्ता भएका छन् भने अहिलेसम्म कसैको हताहतीको खबर आएको छैन ।

धेरै नदीको पानीको सतह बढ्दै गएको र ती नदीहरू खतराको निशानभन्दा माथि बगिरहेका छन् । ग्वाङ्डोङ प्रान्तमा नदीको पानीको सतह रेकर्ड स्तर छुन नजिक रहेको प्रशासनले चेतावनी दिएको छ ।