आज यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना

तु खबर संवाददाता
२०८१ बैशाख १०, सोमबार ०९:०१
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा कोशी र बाग्मती प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो ।

यस्तै, आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै मधेस प्रदेशको तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको जनाइएको छ ।

महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।