समाचार
भोलि देशभर सार्वजनिक विदा
काठमाडौं । सरकारले भोलि बिहीबार देशभर सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद) को अवसरमा भोलि देशभर सार्वजनिक विदा दिएको हो । मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक...
ईपीएस भाषा परीक्षामा ६ हजार परीक्षार्थी पास
काठमाडौं । उत्पादन मुलकतर्फ पहिलो चरणको ईपीएस भाषा परीक्षामा ६ हजारभन्दा बढी परीक्षार्थी पास भएका छन् । गत फागुन ७ गतेबाट चैत्र २४ गतेसम्म भएको भाषा परीक्षामा सहभागीमध्ये ६ हजार ३२१ जना परीक्षार्थी पास भएका हुन् । सो अवधिमा भएको परीक्षामा ४० हजार ५८० जना सहभागी थिए । वैदेशिक...
नगर प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । नगर प्रमुखविरुद्ध स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेको थियो । सोही निवेदन सम्बन्धमा अनुसन्धान...
राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी घिमिरे निर्वाचित
काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा विमला घिमिरे निर्वाचित भएकी छन् । नेकपा एमालेबाट उम्मेदवारी दिएका घिमिरेलाई आफ्नो प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएकी हुन् । बुधबार राष्ट्रिय सभा बैठकमा उपाध्यक्षको निर्वाचनमा भएको मत विभाजनमा घिमिरेले पुडासैनीलाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएकी हुन्...
आठ जुवाडे प्रहरीको नियन्त्रणमा
ललितपुर । प्रहरीले ललितपुरबाट मंगलबा आठ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्लाको गोदावरी नगरपालिका–१२ ठेचो दुरिखेल बस्ने ३२ वर्षीय रमेश खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई नियनत्रणमा लिएको हो । प्रहरीले रमेश समेत ८ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुलाई प्रहरी वृत चापागाउँ खटिएको प्रहरीले...
शेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । आज बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १० दशमलव ७१ अकंले घटेर २०२५ दशमलव ३० बिन्दुमा पुगेर बन्द भएको छ । बुधबार ३०८ कम्पनीको ८६ लाख ९६ हजार ९१८ कित्ता शेयर किनबेच भएको छ भने ३ अर्ब ४८ करोड ५६...
स्वास्थ्यकर्मी सवार ट्याक्सी दुर्घटना, बालकको मृत्यु
पोखरा । अर्घाखाँचीमा बुधबार बिहान ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्वास्थ्यकर्मी सवार ग ३ च ४५७४ नम्बरको ट्याक्सी घुम्ती–पाल्पा सडकखण्डको कोलडाँडाको ओरालोमा दुर्घटना हुँदा ६ वर्षीय बालको मृत्यु भएको हो । मृत्यु हुनेमा अर्घाखाँची भूमिका स्थान नगरपालिकाका आरम्भ क्षेत्री रहेको प्रहरीले जनाएको छ । प्रहरीका...
कर्णालीका नवनियुक्त मुख्यमन्त्रीद्वारा शपथ ग्रहण
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यमलाल कँडेलले शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री कँडेलले बुधबार एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराएका हुन् । एमाले संसदीय दलका नेता समेत रहेका उनी मंगलबार मुख्यमन्त्री पदमा नियुक्त भएका थिए...
नेपाल प्रहरीमा कार्यरत २३ हजार ६७३ जनालाई तालिम प्रदान
काठमाडौं । नेपाल प्रहरीमा कार्यरत २३ हजार ६७३ जना प्रहरी कर्मचारीहरूले विभिन्न तालिम प्राप्त गरेका छन् । चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि हालसम्मको अवधिमा सो संख्यामा विभिन्न तालिम प्रदान गरिएको हो । नेपाल प्रहरीमा व्यावसायीक तथा दक्ष प्रहरी जनशक्ति उत्पादन गर्न विभिन्न प्रकारका तालिम दिने गरिएको छ ।...
अवैध लागूऔषधसहित चार जना पक्राउ
झापा । प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले झापाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले झापाको बिर्तामोड नगरपालिका–३ पुण्डरी चोकबाट अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले ४ सय ८० मिलिग्रामसहित मंगलबार साँझ सोही नगरपालिका–३ सैनिक मोड बस्ने २५ वर्षीय...










