सातामा ३०० रुपैयाँले बढ्यो सुनको भाउ

तु खबर संवाददाता
२०८१ बैशाख ८, शनिबार १६:३३

काठमाडौं । यस साता नेपाली बजारमा सुनको भाउ बढेको छ । गत साताको तुलनामा यस साता सुन प्रतितोला ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, गत साताको शुक्रबार प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन यस साताको शुक्रबार १ लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको हो ।

यस्तै, तेजाबी सुन यस साता प्रतितोलामा १ लाख ३८ हजार ६५० रुपैयाँ कायम छ । यो नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च मूल्य हो ।

यसैगरी यस साता चाँदीको कारोबार मूल्य भने घटेको छ । गत साताको शुक्रबार तोलामा १७ सय ५० रुपैयाँ कायम भएको चाँदी ३० रुपैयाँले घटेर यस साता तोलामा १७ सय २० रुपैयाँ कायम हुन पुगेको हो ।