एमालेको प्रतिनिधि परिषद् बैठक आजबाट सुरु
काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु हुँदैछ ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा दुई दिनसम्म संचालन हुने प्रतिनिधि परिषद् बैठक आजबाट सुरु हुन लागेको हो ।
बैठकको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यसूची रहेको छ ।
बैठकमा २ हजार ७३ जना महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य, र केन्द्रीय पदाधिकारी गरी २ हजार ४५४ जना सहभागी हुने जनाइएको छ ।
उक्त बैठकमा अध्यक्ष ओलीले राजनीतिक र महासचिव शंकर पोखरलले सांगठानिक प्रतिवेदन पेस गर्नेछन् ।
त्यस्तै, लेखा र निर्वाचन आयोगका प्रतिवेदन पनि पेस हुनेछन् । बैठकले पार्टीको समग्र कामको समीक्षा र आवश्यक निर्देशन दिने एमालेले जनाएको छ ।
