समाचार

मकवानपुरका गोविन्द मृत अवस्थामा फेला

मकवानपुर । मकवानपुरका गोविन्द प्रजा मृत अवस्थामा फेला परेका छन् । जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ३, लावती निवासी गोविन्द आज बिहान मृत अवस्थामा फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार, २५ वर्षीय गोविन्द गत फागुन ९ गतेदेखि बेपत्ता भएका थिए । खोजतलास...

मंगलबार शेयर बजार ९.१९ अकंले बढ्यो

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा सुधार आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९ दशमलव १९ अकंले बढेर २०३६ दशमलव ०१ बिन्दुमा पुगेर रोकिएको छ । यस्तै, आज ३१५ कम्पनीको ९७ लाख ८९ हजार ४१६ कित्ता शेयर किनबेच भएको छ भने ४...

वैशाख १३ र १४ गते उपनिर्वाचन हुने स्थानका विद्यालय बन्द हुने

काठमाडौं । आगामी वैशाख १३ र १४ गते उपनिर्वाचन हुने स्थानमा विद्यालय बन्द हुने भएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले इलाम प्रतिनिधि सभा क्षेत्र नं. २ र बझाङ प्रदेश सभा क्षेत्र नं. १ का विद्यालयहरू बन्द गर्न पत्र पठाउने जनाएको छ । आयोगको मंगलबार...

कुटपिटबाट बुबाको हत्या, छोरा पक्राउ

संखुवासभा । संखुवासभामा कुटपिटबाट एक जनाको हत्या भएको छ । जिल्लाका पाँचखपन नगरपालिका–२ गैरीगाँउ बस्ने ५० वर्षीय युवराज राईको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा मृतक युवराजका आफ्नै २८ वर्षीय छोरा सुमन राईलाई सोमबार साँझ पक्राउ गरेकोे छ । प्रहरीका अनुसार, उनीहरूबीच वादविवाद...

ज्ञानेन्द्र शाहीसहित राप्रपाका प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहित प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुलाई भद्रकाली क्षेत्रमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएको जनाएको छ । सचेतक शाहीले निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न उक्साएर मुठभेड निम्त्याउने प्रयास गरेपछि उनीसहित प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाईको...

प्रतिनिधि सभा बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ । बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । आज बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । त्यसपछि उनले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका...

बुद्धचोकबाट तीन जना पक्राउ

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–८ बुद्धचोकबाट अवैध लागूऔषध ब्राउन सुगरसहित प्रहरीले सोमबार तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले अवैध लागूऔषध ब्राउन सुगर २ ग्राम ५ सय ७० मिलिग्रामसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा कैलारी गाउँपालिका–८ बस्ने २४ वर्षीय सन्जु चौधरी, जोशीपुर गाउँपालिका–१ बस्ने २४...

पौडी खेल्ने क्रममा डुबेर १४ वर्षीय बालकको मृत्यु

स्याङ्जा । आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर आज बिहान एक बालकको मृत्यु भएको छ । गल्याङ नगरपालिका– २ गराङ्दी बस्ने भरत रानाका १४ वर्षीय छोरा युनिक रानाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, युनिक ६ जना साथीहरुसँग पौडी खेल्न गएका थिए । यसनिक पानीको रहमा डुबेपछि...

विभिन्न तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको छ । सो बैठकमा राष्ट्रिय सभाबाट पारित भएका सङ्कल्प प्रस्तावहरूको बारेमा सम्बन्धित प्रश्तावकहरुसँग छलफल हुनेछ । त्यस्तै, बिहान साढे ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित...

विष्णुदेवीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान बसेको कांग्रेसको संसदीय दल कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । यस्तै, सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेकी उम्मेदवार कपिलवस्तुकी विमला घिमिरे रहेकी छिन् । राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज मनोनयन दर्ताको...