समाचार
आजबाट कुलेखानी–फाखेल सडक बन्द
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडाबाट काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग अन्तर्गत पर्ने कुलेखानी–फाखेल–फर्पिङ सडकखण्ड आजबाट बन्द भएको छ । उक्त सडकखण्डमा पर्ने लामा गाउँदेखि टल्कु बोसिन्डोलसम्मको भागमा कालोपत्रे गर्नका लागि कुलेखानी–फाखेल–फर्पिङ सडकमा आजबाट यातायात संचालनमा रोक लगाइएको हो । दक्षिणकाली नगरपालिकाले लामा गाउँदेखि टल्कु बोसिन्डोलसम्मको ३ किलोमिटर सडक...
लागूऔषध गाँजासहित एक युवक पक्राउ
दोलखा । दोलखाको भिमेश्वर नगरपालिका–५ किरातिछापस्थित सडकबाट प्रहरीले सोमबार बिहान अवैध लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतेश्वर गाउँपालिका–५ मैनापोखरी बस्ने २६ वर्षीय दिपक मिजार रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरी चौकी किरातिछापबाट खटिएको प्रहरीले २ किलो ९ सय २२ ग्राम लागूऔषधसहित गाँजासहित पक्राउ...
डढेलो निभाउँदा घाइते भएका सैनिकको मृत्यु
काठमाडौं । डोल्पास्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका एक सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिपाही हेमन्त रावल रहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार, डढेलो निभाउने क्रममा जमदार केशरबहादुर जागा मगर र सिपाही रावल गम्भीर घाइते...
प्रतिनिधि सभाको बैठक आह्वान
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने गरी आह्वान गरिएको छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले...
आज यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना रहेको जनाएको छ । महाशाखाले देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहनुका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानहरूमा वर्षा र हावाहुरीको सम्भावना रहेको जनाएको छ । महाशाखाका...
उपनिर्वाचन: उम्मेदवारको अन्तिम नामावली आज सार्वजनिक हुँदै
काठमाडौं । आसन्न उपनिर्वाचन अन्तरगत आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचन अन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने भएको हो । जसअनुसार, बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको हो । यस्तै, आयोगले आज दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी...
राप्रपाले आज काठमाडौंमा बृहत प्रदर्शन गर्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । संवैधानिक राजतन्त्रका पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले आज काठमाडौंमा बृहत् प्रदर्शनको आयोजना गर्न लागेको हो । आज अपराह्न भृकुटीमण्डपबाट सुरु हुने सो प्रदर्शन काठमाडौंका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा परिणत हुने...
कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान बस्ने गरी बोलाइएको हो । बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने...
छुरा प्रहार गरी पुरुषको हत्या, दुई जना पक्राउ
वीरगंज । धनुषाको जनकपुरमा छुरा प्रहार गरी एक जनाको हत्या गरिएको छ । आज दिउँसो जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ स्थित विश्वकर्मा चोकमा छुरा प्रहार गरी एक पुरुषको हत्या गरेको जनकपुर प्रहरीले जनाएको छ । हत्या हुनेमा प्रीन्सकुमार महासेठ रहेका छन् । महोत्तरी जिल्ला डाडा गाउँपालिका निवासी महासेठको छातीको...
विना निष्कर्ष टुंगियो सभामुख र शीर्ष नेताको छलफल
काठमाडौं । सभामुख देवराज घिमिरे र विभिन्न चार दलका शीर्ष नेताहरुसँग भएको छलफल विना निष्कर्ष टुंगिएको छ । सोमबार दिउँसो सिंहदरबारमा भएको छलफल निष्कर्ष विना नै टुंगिएको हो । संसदमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत सहभागिता भएको भन्दै संसदीय छानबिन समिति गठनको माग...










