मधेश प्रदेशका नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

तु खबर संवाददाता
२०८१ बैशाख ६,बिहीबार १७:३४

जनकपुरधाम । मधेश सरकारमा नियुक्त भएका ३ मन्त्री र एक राज्यमन्त्रीले शपथ ग्रहण गरेका छन् ।

बिहीबार मन्त्री नियुक्त भएका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई र एकीकृत समाजवादीकी बेची लुंगेलीले मन्त्री पदको शपथ ग्रहण गरेका हुन् ।

उनीहरुलाई प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।