जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
पाल्पा । पाल्पामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रम्भा गाउँपालिका–२ बस्ने ४८ वर्षीय अम्बर बहादुर सारू रहेका छन् ।
उनलाई प्रहरी चौकी हुँगीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, सारूले ती बालिकालाई गत कात्तिक १३ गते पीडितकै घरमा जबरजस्ती करणी गरेको र सोही कारण बालिकाको पेटमा गर्भ रहन गएको भन्ने उजुरीको आधारमा निजलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
