दोहोरो अंकले खुम्चियो नेप्से, २ अर्बमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्से परिसूचक दोहोरो अंकले खुम्चिएको छ । एक दिनको हरियालीपछि बजार पुनः ओरालो लागेको हो ।
आज नेप्से १५ दशमलव ४१ अकंले घटेर १९६९ दशमलव ०२ बिन्दुमा पुगेर रोकिएको छ ।
आज ३२० कम्पनीको ५६ लाख ५६ हजार २८२ कित्ता शेयर किनबेच भएको छ भने २ अर्ब ५ करोड ८३ लाख ५ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
