उपनिर्वाचनः आज रातिबाट प्रचारप्रसार गर्न निषेध

तु खबर संवाददाता
२०८१ बैशाख १२,बुधबार ०८:२८

काठमाडौं । आसन्न उपनिर्वाचन अन्तरगत आज राति १२ बजेबाट प्रचारप्रसार गर्न निषेध गरिएको छ ।

यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न निषेध गरिएको हो ।

निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुने ४८ घण्टा अघिदेखि चुनावको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

वैशाख १५ गते इलाम प्रतिनिधि सभा क्षेत्र नं. २ र बझाङ प्रदेशतर्फ क्षेत्र नं. १ मा उपनिर्वाचन हुँदैछ । इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।