बिहीबार नेप्सेमा झिनो अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्सेमा झिनो अंकको गिरावट आएको छ ।
बिहीबार नेप्से परिसूचक ३ दशमलव २४ अंकले घटेर १९६५ दशमलव ९३ को बिन्दुमा कायम भएको छ ।
आज नेप्सेमा सूचिकृत कम्पनीहरुको ६३ लाख १२ हजार ५५२ वटा शेयर कित्ता खरिद–बिक्री भएको छ भने २ अर्ब ३६ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ ।
शेयर बजार घटेसँगै कारोबार रकम पनि घट्न पुगेको हो । बिहीबार कारोबार भएका अधिकांश उपसूचकहरु राताम्मे भएका छन् ।
