आज यी प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना

तु खबर संवाददाता
२०८१ बैशाख १४, शुक्रबार ०९:०२
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको विभिन्न प्रदेशमा वर्षासँगै हावारीको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले लुम्बिनी, सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको जनाएको हो ।

साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकोले गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जनाइएको छ ।