जसपा कार्यकारिणी समितिको बैठक आज बस्दै

तु खबर संवाददाता
२०८१ बैशाख १४, शुक्रबार ०८:५१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

जसपाले महाधिवेशनको एजेण्डा तय गर्न लागि कार्यकारिणी समितिको बैठक आज बस्ने गरी आह्वान गरिएको हो ।

बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा बस्नेछ । उक्त बैठकमा महाधिवेशनको तयारीको समीक्षा र एजेण्डा तय हुने जसपाका कार्यकारिणी सदस्य एवम् प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

जसपाको महाधिवेशन आगामी जेठ २७ गतेदेखि २९ गतेसम्म जनकपुरमा हुने तय भएको छ ।