मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
गोरखा । गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
चौध किलोमा ग १३ प ९३२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिरानचोकका ४५ वर्षीय अशोक गहतराज रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गोरखा प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर मोटरसाइकलमा सवार उनकी श्रीमती सीता गहतराज घाइते छिन् । उनको अवस्था सामान्य रहेको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
