समाचार
तीन सहसचिव सचिवमा बढुवा
काठमाडौं । सरकारले तीन जना सह–सचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । बढुवा हुनेमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सिफारिस गरेका प्रशासन सेवातर्फ रिक्त एक सचिवमा केदारनाथ शर्मालाई निय,...
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा सोडारी नियुक्त
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् । सोडारीले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । मुख्यमन्त्री सोडारीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन् ।
चिकित्सकहरुलाई ठोस् योजना बनाएर अगाडि बढ्न स्वास्थ्य मन्त्रीको आग्रह
हेटौंडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले प्रदेश भित्रका विभिन्न अस्पतालका सम्बन्धित शाखाका प्रमुख र उपशाखाका उपप्रमुख लगायत अन्य चिकित्सकहरुलाई ठोस् योजना बनाई अगाडि बढ्न आग्रह गरेका छन् । बिहीबार सामाजिक विकास मन्त्रालयको सभाहलमा बागमती प्रदेश सरकार, स्वास्थ्य निर्देशनालयको आयोजनामा ‘चालु आर्थिक वर्ष २०८०÷८१ को तेश्रो त्रैमासिक अवधिसम्मको...
मधेश प्रदेशका नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण
जनकपुरधाम । मधेश सरकारमा नियुक्त भएका ३ मन्त्री र एक राज्यमन्त्रीले शपथ ग्रहण गरेका छन् । बिहीबार मन्त्री नियुक्त भएका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई र एकीकृत समाजवादीकी बेची लुंगेलीले मन्त्री पदको शपथ ग्रहण गरेका हुन् । उनीहरुलाई प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले पद तथा...
जलिरहेको अवस्थामा युवतीको शव फेला
जनकपुरधाम । जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा गएराति अन्दाजी २३ वर्षीया युवतीको शव जलिरहको अवस्थामा फेला परेको हो । उक्त शव महोत्तरीको मनरासिसा नगरपालिका–२ कि २३ वर्षीया मप्रियंका महतोको रहेको प्रहरीले जनाएको छ ।...
अवैध लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले महोत्तरी र बारा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन ८ ग्राम १ सय ९० मिलिग्राम, डिजिटल तराजु १ थान र...
भोलि मनकामना केबलकार बन्द हुने
नारायणगढ । भोलि शुक्रबार मनकामना केबलकार बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले भोलि एक दिन केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । मनकामना दर्शन प्रालिका अनुसार, सेवा शनिबारदेखि नियमित संचालनमा आउनेछ । नेपालको पहिलो केबलकारको रुपमा चिनिने उक्त केवलकार विसं...
लुम्बिनी प्रदेशमा एकैदिन दोस्रो पटक मन्त्रिपरिषद् बिस्तार
रुपन्देही । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् बिस्तार गरिएको छ । प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले एकैदिन दोस्रो पटक मन्त्रिपरिषद् गरेका हुन् । बिहीबार बिहान मन्त्रिमण्डल बिस्तार गरेर १० सदस्यीय बनाएका महराले दिउँसो पुनः एक मन्त्री थपेका हुन् । मुख्यमन्त्री महराले नेकपा एकीकृत समाजवादीबाट भगवती चौधरीलाई मन्त्री बनाएका हुन् । मुख्यमन्त्रीले यसअघि...
मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठक आज अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो । बैठक सिंहदबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बस्नेछ । सो बैठकमा नियमित काम कारबाहीबारे महत्त्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।
भरूवा बन्दुकसहित युवक पक्राउ
काभ्रे । काभ्रेबाट प्रहरीले गएराति एक नाल भरुवा बन्दुकसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको महाभारत गाउँपालिका–७ गैरी टोल बस्ने २५ वर्षीय प्रेम कुमार घलान रहेका छन् । घलानलाई इलाका प्रहरी कार्यालय देबिटारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रेमले आफ्नै श्रीमतीलाई मादक पदार्थ सेवन गरी...










