समाचार
एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा नेपाल पराजित
काठमाडौं । नेपाल एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा पराजित भएको छ । ओमानमा जारी उक्त प्रतियोगितामा नेपाली टोली संयुक्त अरब इमिरेट्स (यूएई) सँग ६ विकेटले पराजित भएको हो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर...
आज मनकामना केबलकार बन्द हुने
नारायणगढ । आज शुक्रबार मनकामना केबलकार बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले आज एक दिन केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । मनकामना दर्शन प्रालिका अनुसार, सेवा शनिबारदेखि नियमित संचालनमा आउनेछ । नेपालको पहिलो केबलकारको रुपमा चिनिने उक्त केवलकार विसं...
गण्डकीको संसद् अधिवेशन आजदेखि सुरु
पोखरा । गण्डकी प्रदेशमा आजदेखि संसद् अधिवेशन सुरु हुने भएको छ । अधिवेशन बैठक आज दिउँसो ३ बजे बस्ने गरी बोलाइएको छ । केहीवेरपछि कार्यव्यवस्था परामर्श समिति बैठक बस्ने र सोही बैठकले कार्यसूची तयार गर्ने जनाइएको छ । संसद् बैठकअघि संसदीय दलका बैठकहरू पनि बस्दै छन् ।
छोरीको हत्या गरेको अभियोगमा बाबु पक्राउ
रूपन्देही । आफ्नै छोरीको हत्या गरेको अभियोगमा प्रहरीले रुपन्देहीमा बिहीबार एक जनालाई पक्राउ गरेको छ । १७ वर्षीया अञ्जली घर्ती क्षेत्रीको हत्या गरेको अभियोगमा कंचन गाउँपालिका–५ बर्गदवा बस्ने ४८ वर्षीय नारायण बहादुर घर्ती क्षेत्रीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । नारायणलाई इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको...
आगलागीमा परी एक वृद्धको मृत्यु
दाङ । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७ वर्षीय वीरबहादुर बोटे रहेका छन् । बिहीबार ५ बजेको समयमा आगलागी भएको समयमा घरभित्र कागजात लिन जाँदा उनी जल्न पुगेको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । प्रहरीका अनुसार, मृतक बोटेको...
नेपाली सेनाको रिक्त पदमा दरखास्त आह्वान
काठमाडौं । नेपाली सेनाको रिक्त विभिन्न पदमा दरखास्त आह्वान गरिएको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालयले एक सार्वजनिक सूचना प्रकाशन गर्दै २ हजार ६ सय १५ रिक्त पदमा आवेदन मागेको हो...
जन्ती बोकेको बस दुर्घटना, तीन जनाको मृत्यु
काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका– ५ धारावतीमा आज बिहान जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बिहान दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर तीनै जनाको...
एकीकृत समाजवादीको जिल्ला अधिवेशन हेटौंडामा हुने
मकवानपुर । नेकपा एकीकृत समाजवादी (एस) पार्टीको नवौं जिल्ला अधिवेशन हेटौंडामा हुने भएको छ । अधिवेशन यही वैशाख १५ र १६ हुने हुने भएको हो । अधिवेशन सम्पन्न गर्नको लागि पार्टीका जिल्ला अध्यक्ष बिष्णु दाहालको सयोजकत्वमा १७५ मूल कमिटी गठन गरिएको छ । अधिवेशनका लागि विभिन्न उपसमिति समेत निर्माण...
आज चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले कोशी प्रदेशको पहाडी भू–भागका केही स्थानहरू तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो । महाशाखाका अनुसार, देशका पहाडी भू–भागमा आंशिकदेखि...
सुशासन समितिको बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ । बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा बिहान ११ बजे बस्ने गरि बोलाइएको हो । सो बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।










