इलाममा ३ वडाको मतगणना सम्पन्न, कांग्रेसको अग्रता कायमै
इलाम । इलाम–२ को उपनिर्वाचनको मतगणना हाल जारी छ । मतगणना अन्तरगत हालसम्म ३ वडाको मतगणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार, फाकफोकथुम गाउँपालिका १, २ र ३ वडाको मतगणना सम्पन भएको हो ।
जसमा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले अग्रता कायमै राखेको छ । नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर घटाएपनि अग्रता भने खड्काले नै कायम राखेका छन् ।
नेम्वाङले कांग्रेसका उम्मेदवार खड्कासँगको मतान्तर ४२ मा झारेका छन् ।
४ हजार १ सय ८१ मत गणना हुँदा कांग्रेसका खड्काले १ हजार ६४३ प्राप्त गरेका छन् ।
यस्तै, एमालेका नेम्वाङले १ हजार ६०१ मत, स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४३७ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३०५ मत पाएका छन् ।
