हत्या गरेको अभियोगमा पक्राउ

तु खबर संवाददाता
२०८१ बैशाख १६, आईतवार १७:३२

जुम्ला । जुम्लाको पातारासि गाउँपालिका–३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको हत्या गरेको अभियोगमा शनिबार एक जना पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा उनकै सौतेनी छोरी पातारासि गाउँपालिका–१ गडिगाउँ घर भई माईतिघर आएकी २६ वर्षीया हाँसु ऐडी रहेका छन् ।

ऐडीले ढिकीको मुसलले हान्दा महताराको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट तल्फि र प्रहरी चौकी डिल्लिचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।