दोहोरो अंकले बढ्यो शेयर बजार
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४ दशमलव ३३ प्रतिशतले बढेर १९८० दशमलव २७ अंकमा पुगेर रोकिएको छ ।
आइतबार ३०८ कम्पनीको ६८ लाख ७८ हजार १५९ कित्ता शेयर किनबेच भएको छ भने २ अर्ब ६८ करोड २५ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।
