ह्वात्तै बढ्यो सुनको भाउ, कतिमा कारोबार हुँदैछ ?
काठमाडौं । नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । बिहीबारको तुलनामा आज सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
भाउ बढेसँगै बिहीबार छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य पनि आज तोलामा १ हजार ४ सय रुपैयाँले नै बढेर १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।
यस्तै, आज चाँदी प्रतितोला २० रुपैयाँले बढ्दै १ हजार ६ सय ७५ रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ६ सय ५५ रुपैयाँमा करोबार भएको थियो ।
