अचेत अवस्थामा भेटिएका श्रेष्ठको मृत्यु

तु खबर संवाददाता
२०८१ बैशाख १४, शुक्रबार १०:२८
file-photo

मकवानपुर । मकवानपुरको हेटौंडामा बिहीबार अचेत अवस्थामा भेटिएका रमेश श्रेष्ठको मृत्यु भएको छ ।

हेटौंडा–४, ओमभवनस्थित केदार शाहीको घरमा पाहुना आएका ५१ वर्षीय श्रेष्ठको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार, ललितपुर महालक्ष्मी नगरपालिका वडा नं.८ निवासी उनी सुतेको कोठामा अचेत अवस्थामा भेटिएका थिए ।

बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा अचेत अवस्था भेटिएका उनलाई उपाचरको लागि हेटौंडा अस्पतालमा लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।