बझाङमा खस्यो ४० प्रतिशत मत

तु खबर संवाददाता
२०८१ बैशाख १५, शनिबार १६:३०

काठमाडौं । बझाङ प्रदेश सभा क्षेत्र नं. १ मा भइरहेको उपनिर्वाचनमा ४० दशमलव ४५ प्रतिशत मत खसेको छ ।

बझाङमा दिउँसो ३ बजेसम्म २६ हजार १९६ मतदाताले मतदान गरेको बझाङका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालय अनुसार, ६१ हजार ७४८ मतदाता रहेको बझाङमा उक्त संख्या मतदान गरेका हुन् ।

९३ वटा बुथमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । बझाङ प्रदेश सभा क्षेत्र नं. १ मा ११ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

मतदान प्रकृया साँझ ५ बजेसम्म् संचालन हुने जनाइएको छ ।