इलाम–२ उपनिर्वाचनः ५१ प्रतिशत मत खस्यो
काठमाडौं । उपनिर्वाचन अन्तरगत इलाम प्रतिनिधि सभा क्षेत्र नम्वर २ मा हाल मतदान प्रकृया जारी छ । इलाम–२ मा ५१ प्रतिशत मत खसेको छ ।
कूल मतदाता १ लाख १६ हजार ८८९ रहेकोमा दिउँसो ३ बजेसम्म करिब ६० हजार मतदाताले मतदान गरेको जनाइएको छ ।
इलाम–२ मा साना ठूला दल र स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
इलाम–२ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र तोकिएको छ । मतदान प्रकृया साँझ ५ बजेसम्म संचालन हुनेछ ।
