जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आज पनि बस्दै

तु खबर संवाददाता
२०८१ बैशाख १५, शनिबार ०९:१३

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्ने भएको छ ।

बैठक अपराह्न ४ बजे पार्टी कार्यालयमा बस्ने गरी बोलाइएको छ ।

आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिकाबारे छलफल हुने जनपाले जनाएको छ ।

यसअघि शुक्रबार बसेको बैठकमा विभिन्न तहगत समिति, निकाय, भ्रातृ सङ्गठन, पेसागत सङ्घ सङ्गठनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने प्रस्ताव गरिएको निर्देशिका प्रस्तुत भएको थियो ।